गोर्खाज फाइनान्सको सेयर कारोबार सुचारु




काठमाडौं । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्सबीच मर्जरपछि बनेको गोर्खाज फाइनान्सको सेयर कारोबार खुल्ला भएको छ ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार गोर्खाजको सेयर कारोबार खुल्ला भएको हो । स्टक एक्सचेन्जमा गोर्खाज फाइनान्सको ५७ लाख ८६ हजार ६ सय २५ कित्ता सेयर सूचिकृत भएको छ ।

काठमाडौं फाइनान्सले दिएको ७ प्रतिशत बोनस तथा सतप्रतिशत हकप्रदपछि यसको सेयर मूल्य १ सय ६ रुपैयाँमा समायोजना भएको छ । फाइनान्सको औसत सेयर मुल्य प्रतिकित्ता १ सय २७ रुपैयाँ थियो ।


क्लिकमान्डु