चैत २ सम्म सेयर किन्नेले एशियन लाइफको २० प्रतिशत बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधरणसभाको लागि सेयर कारोवार चैत ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
एशियन लाइफले आगामी चैत १७ गते साधरणसभा बोलाएको छ । एशियन लाइफले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने छ । त्यसपछि २: १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।