तीन करोडको कारोबार गर्दै पूर्वाञ्चल महोत्सवमा सम्पन्न



झापा । झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य संघका महासचिव पङ्कज शर्माले जानकारी दिनुभयो ।

झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको शर्माले बताए ।

महोत्सव ‘उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको’ झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले जानकारी दिए । महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पु¥याएको स्थानीयवासी आदित्य पौडेलले बताए । फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ ।