चार करोडको लगानीमा चितवनमा खुल्यो फनपार्क




चितवन । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ ।

भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा ल्याइएको हो । बालबालिका र युवालाई लक्षित गरेर फनपार्क सुरु गरिएको हो ।

करिब एक बिघा क्षेत्रफलमा रहेको फनपार्कमा महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुलको व्यवस्था गरिएको छ ।

चितवनमा पार्कको अभाव भएकाले सबैको मनोरञ्जनका लागि फनपार्क सञ्चालन गरिएको सञ्चालक कृष्णप्रसाद देवकोटाले जानकारी दिए । पार्कमा होटल, चिडियाघर, रेस्टुरेन्ट र रमणीय वातावरणको सुविधा रहेको छ ।

फनपार्कको आम्दानीको पाँच प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने देवकोटाले घोषणा गरेका छन् । करिब चार करोडको लगानीमा फनपार्क सञ्चालन गरिएको उनले जानकारी दिए ।


क्लिकमान्डु