अत्याधुनिक फिचरसहित यस्तो आउँदैछ यामाहाको नयाँ बाईक-१० नगेट



काठमाडौं । जापानको दुई पाङ्ग्रे सवारी साधन बनाउने कम्पनी यामाहाले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ ।

याहामाको नयाँ मोटरसाइकल एमटी-१० टुअरर मार्चदेखि बजारमा ल्याउने तयारीमा रहेको छ । बजारमा पहिलेदेखि उपलब्ध स्पोट्र्स बाइक एमटी-१० नगेट र यामाहा टेन्रे मोडलको मिश्रणमा निर्माण गरेको कम्पनीले जानकारी दिएको छ । यो बाइकमा अत्याधुनिक टयूरिंग फिचर्सका साथ उपलब्ध छ ।

कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गरेर बाइक बनाएको छ । प्रयोगकर्ताको सुरक्षाका लागि बाइकमा एन्टी ब्रेकिंङ (एबिस) राखिएको छ । एमटी-१० टुअररमा ह्याड गार्ड, आरामदायी सिट र स्पोर्ट स्क्रिन दिएको छ ।

एमटी-१० टुअररमा ९ सय ९९ सिसि इन्जिनमा उपलब्ध छ । यो यामाहा आर वानबाट लिएको हो । बाइकलाई तीन राइडिंगमा चलाउन सकिन्छ । बाइक क्रूट कन्ट्रोल, स्पिंपर कल्च, एडजस्टएवल फ्रट र रियर संस्पेशनलगायत अत्याधुनिक फिचरमा उपलब्ध छ ।


क्लिकमान्डु