एसियन लाइफले २० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत बोनस दिने



काठमाडौं । एसियन लाइफ इन्सोरेन्सले २० प्रतिशत बोनस सेयर दिएपछि ५० प्रतिशत हकप्रद सेयर ल्याउने भएको छ । एसियन लाइफको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर वितरणपछि एसियनको चुक्ता पुँजी ८० करोड ५५ लाख पुग्ने छ ।

हकप्रद सेयर जारी गरेपछि एसियनको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख पुग्ने छ ।

साधारणसभाले नयाँ संचालक समितिको पनि चयन गरेको छ । एसियनको नयाँ संचालक समितिमा विजय सरावगी,दिनेशलाल श्रेष्ठ,सुशान्त चाचान,दीपकुमार श्रेष्ठ र सुरेन्द्र गोयल संस्थापक सेयरधनीको तर्फबाट चुनिएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट रविकुमार गुप्ता र सौरभ रुगंटा चुनिएका छन् ।


क्लिकमान्डु