नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन




काठमाडौं । नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद आज (चैत ७ गते) बाट बन्द हुँदैंछ ।

हकप्रद सुरक्षित गर्न गर्न सेयरधनीहरुले आज कार्यालय समय भित्रै आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले फागुन ३ गते देखि ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले दर्ता किताब पुस १४ गते बन्द गरेको हुनाले पुस १३ सम्म सेयर खरिद गरेका सेयरधनीहरुले हकप्रद आवेदा दिन सक्नेछन् ।
एनएमबि क्यापिटलले ब्यवस्थापन गरिरहेको यस हकप्रदमा एनएमबि क्यापिटल, नागपोखरी र एनएमबि बैंकका अन्य शाखाहरुबाट आवेदन दिन सकिने छ ।

नेकोले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७ करोड ३३ लाख रुपैंयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर पनि प्रस्ताव गरेको छ । २० प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्त पूँजी ७१ करोड २८ लाख रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु