प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन




काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्नका लागि मुल्य समायोजन गरेको हो ।

कम्पनीको समायोजित मुल्य ७३३ रुपैंयाँ छ । समायोजन हुनुअघि कम्पनीको मुल्य १०५० रुपैंयाँ थियो । कम्पनीको औसत बेस प्राइस ८४८ रुपैंयाँ रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ करोड ९७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १७ प्रतिशत बोनस सेयर बितरण गरिसकेको छ । ५० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु