निर्वाचनको घोषणा भएपछि रकमान्तर भएको छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचनको मिति घोषणा भएपछि रकमान्तर नभएको दाबी गरेका छन् ।

बिहीबारको अर्थ समितिको बैठकमा सांसदहरुले अर्थमन्त्रले मनपरी रकमान्तर गरेको भन्दै गुनासो गरेपछि मन्त्री महराले यस्तो दाबी गरेका हुन् ।

‘निर्वाचनको घोषणा हुनुअघि केही रकमान्तर भएको थियो । तर जब निर्वाचनको घोषणा भयो त्यसपछि भने रकमान्रत भएको छैन,’ मन्त्री महराले भने ।

सरकारले आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको घोषणा गरिसकेको छ ।


पुष्प दुलाल