तारे होटलले कर तिरेपछि ह्वात्तै बढ्यो महानगरको राजस्व



काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा बढेको छ । तारे होटलले कर तिरेपछि महानगरको राजस्व ह्वात्तै बढेको हो ।

गत आर्थिक वर्ष कर नतिरेका हायत होटल, याक एण्ड यति होटल र ट्रेड टावरले यो वर्ष कर तिरेकाले राजस्व बढेको महानगका राजस्व प्रमुख धुव्र काफ्लेले क्लिकण्माडूलाई जानकारी दिए ।

काफ्लेका अनुसार चालु आर्थिक वर्ष ०७३/०७४ माघ मसान्तसम्म महानगरले १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा यस वर्ष राजस्व संकलनमा २७.९१ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा १ अर्ब ११ करोड ८९ लाख रुपैयाँ राजस्व उठेको थियो ।

‘गत आर्थिक वर्ष कर नतिरेका हायत होटल, याक एण्ड यति होटल र ट्रेड टावरले कर तिरेका छन्, त्यसैगरी, यो वर्ष कर दाताको संख्या पनि बढेको छ,’ काफ्लेले भने,- ‘जसले महानगरको राजस्व बढाएको हो ।’


पुष्प दुलाल