बस्तुगत उपाध्यक्षमा अनुप मल्लको उमेद्वारी घोषणा




काठमाडौं । उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा उमेद्वारी घोषणा गर्ने क्रम बढेको छ । यही क्रममा कार्पेट व्यवसायी अनुपबहादुर मल्लले बस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

मंगलबार राती करिब २५ बस्तुगत संघका अध्यक्षहरुको उपस्थितिमा मल्लले उमेद्वारी घोषणा गरेका हुन् ।

घोषणा सभालाई सम्बोधन गर्दै उनले आफु निरन्तर बस्तुगत संघहरुको विकासमा लाग्दै आएकाले यस पटक उपाध्यक्ष बनेर अझै संघहरुको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफुसँग निरन्तर सम्पर्कमा रहेर चुनाव लड्न इच्छा राख्ने साथिहरुको टिम आफुले बनाएको जानकारी दिदै ११ जना सदस्यमा उठ्ने साथिहरुको नाम सार्वजानिक गरेका हुन् ।

को-को उठ्दै छन् सदस्यमा ?

नरेशलाल श्रेष्ठ (फेल्ट एसोसिएसन अफ नेपाल)

प्रकाशसिंह कार्की (नेपाल फ्रेड फवार्ड एसोसिएसन)

तुलसी गिरि (फिसिएरी एसोसिएसन अफ नेपाल)

सुरज बज्राचार्य (नेपाल कपडा तथा सिलाई एसोसिएसन)

हेमरत्न शाक्य ( नेपाल हस्तकला महासंघ)

रबिन श्रेष्ठ (फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसन)

नरेश बहादुर मल्ल (नेपाल प्रिन्टर्स एसोसिएसन)

खेम पन्त ( कुरीयर एसोसिएसन)

सन्तोष श्रेष्ठ ( एड्भरटाइजिङ एसोसिएसन)

सुनिल गोपाल श्रेष्ठ (स्टेशनरी एण्ड एजुकेशन मेटिरियल्स इन्डस्ट्रीज एसोसिएसन)

यो पनि पढ्नुहोस्- किशोर प्रधानले बिराटनगर पुगेर उम्मेद्धारी घोषणा गरे 


पुष्प दुलाल