सिप्रदी अर्थमुभर्सको कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम



काठमाडौं । टाटा हिटाचीको नेपालको लागी एक मात्र आधीकारीक वितरक सिप्रदी अर्थमुभर्स प्रा.ली. ले कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टाटा हिटाचीका डिलर प्रतिनिधीहरु तथा निर्माण क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरुको साथै टाटा हिटाची इण्डिया तथा सिप्रदी अर्थमुभर्सका कार्यकारी प्रतिनिधीहरुको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै टाटा हिटाची ईण्डियाको निर्देशक शिन नाकाजीमाले टाटा हिटाचीको अत्याधुनिक प्रविधीयुक्त एक्जाभेटर, क्रेन आदी इक्वीपमेन्टहरुले बिस्तारै नेपाली बजारमा आफ्नो हिस्सा ओगट्दै गएकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले हिटाचीका उत्पादनहरु नेपाली बजारमा विक्री वितरण सहयोग पु¥याई यसको बजार बढाउन मद्घत गर्ने सम्पूर्ण डिलर प्रतिनिधिहरुलाई धन्यवाद दिए ।

टाटा हिटाची भारतमा निर्माण सम्वन्धि ईक्वीपमेन्ट बनाउने अग्रणी कम्पनी हो । यसले ग्राहकहरुको कार्यगत सम्पादनलाई बढाउनुको साथै निर्माण क्षेत्रमा भएको प्रतिस्पर्धात्मक बजारमा राम्रो उपायबाट मुनाफा बढाउन सहयोग गर्दै आईरहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु