बुम रेमिटेन्स र महाकाली विकास बैंकबीच सम्झौता



काठमाडौं । महाकाली विकास बैक र बुमा रेमिटेन्स प्रालिबीच बुम रेमिट मार्फत मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम पठाउन सम्झौता भएको छ ।

सम्झौता अनुसार बुम रेमिटबाट पठाएको रकम महाकाली विकास बैंकका सबै शाखा कार्यालयबाट भुक्तानी हुने छ । सम्झौतामा माहाकाली विकास बैंकका तर्पबाट प्रमुख कार्यकारी अधिकृत बिदुरमानसिंह बस्नेत तथा बुम रेमिटेन्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हसताक्षर गरे ।  बुम रेमिटका ७५ जिल्लामा ४ हजार १५० बढी प्रतिनिधी रहेका छन् ।


क्लिकमान्डु