अल अन्सारी क्यास एक्सप्रेस र सिटी एक्सप्रेस मनी ट्रान्सफरका बीच सम्झौता



काठमाडौं । अल अन्सारी क्यास एक्सप्रेस युएई तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच एक आपसमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबाट अल अन्सारी क्यास एक्सप्रेसको को नेपालमा सन्जाल विस्तार भएको छ । अल अन्सारीबाट पठाएको पैसा आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सकिने छ ।
सम्झौता पछि अल अन्सारीका महाप्रवन्धक रसिद अल अन्सारीले अल अन्सारीले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको र यसबाट यूएईमा रहेका लाखौ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स प्राप्त गर्न सक्ने बताए ।
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यूएईको सबैभन्दा बढि संजाल भएको रेमिटान्स सेवा प्रदायक अल अन्सारीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।


क्लिकमान्डु