ललितपुरको भनिमण्डलमा एक्सीएमजीको शोरुम




आईडिएमसी प्रालिले एक्सीएमजी नामक हेभि इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन आईतबार एक कार्यक्रमका विच आईडिएमसी प्रालिका अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुपका (एक्सीएमजी), चीनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा गरे । एक्सीएमजीको नेपालको लागि आधिकारिक विक्रेता आईडिएमसी प्रालि रहेको छ । जुझाउ कन्सट्रक्सनको स्थापना सन् १९८९ चीनमा भएको हो ।

विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्डमा रहेको छ । बिक्री पछिको सेवाका लागि कम्पनीले भक्तपुरको सानोठिमी स्थीत आप्mनै मर्मत संभार केन्द्रको स्थापना समेत गरेको छ ।

सेवा केन्द्रबाट कम्पनीले चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसी प्रालिका प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
शोरुमको स्थापना सँगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसी प्रा.लि. ले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा आफुलाई स्थापीत गरिसकेकोे छ ।


क्लिकमान्डु