‘घरजग्गा मेला’ चैत २५बाट, विशेषज्ञहरुको परामर्शबाट घर जग्गा किन्न सकिने




काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा छौंटो ‘घरजग्गा मेला’ आयोजना हुने भएको छ । मेला आगामी चैत २५ देखि २८ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुनेछ ।

२०७२ सालको विनासकारी भुकम्पले यस व्यवसायलाई केही हदसम्म अबरोध सिर्जना गरेपनि विगत वर्षहरुमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिले यस वर्ष पनि मेला सफल हुने आयोजको दाबी रहेको छ ।

मेलामा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी स्टलहरु प्रदर्शनीका लागि राखिने छ । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बीमा कम्पनीहरु सहभागी हुनेछन् ।

विद्यृतिय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहले आ–आफ्ना उत्पादनहरु प्रदर्शनी गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

यस मेलाबाट एकतर्फ योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद गर्न सक्ने छन् । बिक्री संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । उपभोक्तहरुले विशेषज्ञहरुबाट सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत हासिल गर्न सक्नेछन् ।


क्लिकमान्डु