फागुन भर खाद्य स्वच्छता महिना मनाउने




काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

आइतबार पत्रकार संम्बेलनमा गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र बस्तीले एक महिना स्वच्छताको कार्यक्रम गरेर मनाउने बताए ।

‘स्वच्छ र पोषिलो खाना, स्वास्थ्य जीवन हाम्रो चाहना’ भन्ने नाराका साथ विभागले विभिन्न कार्यक्रम गर्न लागेको हो ।

विभागले आर्थिक वर्ष २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । विभागले नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७३ फागुन महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध जनचेतनामूलक कार्यक्रम सहित मनाउने भएको छ ।

‘विगतमा सातौं राष्ट्रिय खाद्य स्वच्छता दिवससम्म एक दिने कार्यक्रम काठमाडौंमा मात्र गर्ने गरिएको थियो । गत वर्ष आठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइएको थियो ।

यस वर्ष देखि विभागले केन्द्रमा तथा क्षेत्रीय कार्यालयहरुले क्षेत्र र जिल्ला खाद्य निरिक्षण इकाइहरुमा खाद्य स्वच्छता अभियान कार्यक्रमलाई संचालन गर्ने शुरुवात गर्न लागिएको हो,’ बस्तीले भने ।


क्लिकमान्डु