२६ बर्षे ठिटो, सोसल नेटवर्किङ ब्यवसाय, ७ लाख मानिससँग ३७ सय करोड भारु ठगी




काठमाडौं । भारतका अनुभव मित्तलले सोशल नेटवर्किगको माध्यमबाट करीब ७ लाख मानिसबाट ३७०० करोड भारतीय रुपैयाँ ठगी गरेका छन् ।

मित्तलले दिल्लीको नोएडामा रहेको कम्पनीका मार्फत ठगीको धन्दा गरिरहेका प्रहरीको आरोप छ । ठगीएको थाहापाए पछि हजारौं मानिस कम्पनीको बाहिर भेला भएर आन्दोलनमा उत्रिएका थिए ।

यस घटनापछि पुलिसले कम्पनीका डायरेक्टर सहित तीन जनालाई गिरफ्तार गरेको छ । खबर अनुसार सदस्य बनेमा कम्पनीले आफ्नो उपभोक्तालाई स्मार्टफोनमा लिंक पठाउन्थ्यो । र, हरेक लाईकमा सदस्यहरुलाई ५ रुपैयाँ दिने गरेको थियो । पछि विस्तारै विस्तारै उपभोक्तलाई पैसा दिन बन्द भएको थियो ।

अनुभव मित्तल एक तिक्ष्ण दिमाग भएका २७ बर्षीय युवक हुन् । उनले इन्जिनियरिङको तेश्रो बर्षको पढाइको क्रममै कम्पनी रजिस्ट्रेसन गरेका थिए । उनलाई साथीहरुले अमिर खानको फिल्म ‘थ्री इडियट्स’ को फुंसुक वांगडूको रुपमा लिन्थे ।

उनले सुरुमा अब्लेज इन्फो सलुसन प्राइवेट लिमिटेड दर्ता गरेका थिए । कम्पनी सोशलट्रेड बिज अनलाइन पोर्टलबाट अपरेट हुन्थ्यो । पछि त्यसको नाम परिर्वतन गरेर ३ डब्लु डिजिटल प्राइभेट लिमिटेड गरिएको थियो । त्यस पछि फ्रेजजुप डट कम वेबसाइटबाट दुई नम्बरी काम हुन थालेको प्रहरीको भनाइ छ ।

४ बैंकमा १२ खाता
कम्पनीको ४ वटा बैंकमा १२ खाता रहेको भेटिएको छ । जसमा ५०० करोड भारतीय रुपैयाँ भन्दा धेरै पैसा छ ।

ठगी कसरी हुन्थ्यो
कम्पनीले उपलब्ध गराएको प्याकेज खरिद गरेमा मानिसहरुले घरमै बसेर सजिलै पैसा कमाउने लोभ देखाउने गरेको थियो । यसका लागि मानिसहरुले पेज लाइक गर्नुपथ्र्यो । वा कम्पनीले पठाएको लिंकलाई लाइक गर्नु पर्ने हुन्थ्यो । कम्पनीले उपभोक्ताको स्मार्टफोनमा दोश्रो उपभोक्ताकोे फेसबुक वा ट्विटर प्रोफाइलको लिंक पठाएर लाइक गर्न भन्थ्यो ।

यो कार्यका लागि कम्पनीले एक फेक सर्वर बनाएको थियो । अफरका अनुसार हर लाइकमा ५ रुपैयाँ लगानीकर्तालाई दिने कुरा बताइएको थियो । ५७०० रुपैयाँ तिरेर कोहि पनि यसको सदस्य बन्न सक्ने थिए ।

त्यस पछि दुई मानिस एकअर्कामा जोडिने प्रक्रियामा दुई मानिस थाहा नै नपाई एकअर्काका काम गरिरहेका हुन्थे । सोशल ट्रेड कम्पनी अलग अलग प्लानका अनुसार उपभोक्तालाई हरेक दिन २५, ५०, ७५, १२५ अनलाइन लिंक पठाउने काम गर्ने गरेको थियो । यसका लागि क्रमशः ५७५०, ११५००, २८७५० र ५७५०० को अफर कम्पनीबाट दिइएको थियो । जस्तै १२५ लाइक प्लान लिएर कुनै व्यक्ति दैनिक ६२५ रुपैयाँ कमाउन सक्ने कम्पनीको दाबी थियो ।

३५० करोडको प्रोजेक्ट
अनुभवले सेक्टेम्बर २०१० मा दिल्ली स्थित चांदनी चोकमा कम्पनी रजिस्टर्ड गराएका थिए । अनुभवले आफ्नो बुवा सुनील मित्तललाई कम्पनीको डायरेक्टर बनाए । सुरुका दिनमा यो कम्पनीले दोश्रो कम्पनीका लागि सफ्टवेयर बनाउने काम गर्ने गरेको थियो । अनुभवको जिन्दगीमा ठूलो परिवर्तन त्यस समय आयो, जब उनलाई ३५० करोड रुपैयाँका प्रोजेक्ट मिल्यो । त्यो प्रोजेक्टमा उनलाई एक प्राइभेट फर्मका लागि सफ्टवेयर बनाउनु पर्ने थियो । त्यसपछि अनुभवले अहिले पछाडी फर्केर हेर्नु परेन ।

लाखौं रुपैयाँ तलब दिएर टिम निर्माण
अनुभवले आफ्नो टिममा ५० भन्दा धेरै व्यक्ति राखेका थिए । उनले आफ्नो कर्मचारीहरुलाई एक लाख भन्दा धेरै तलब दिएका थिए । उनले कम्पनीका लागि नोएडा सेक्टर ६३ मा चार तल्लाको घर भाडामा लिएका थिए । सोशल मिडियाको माध्यमबाट पैसा कमाउने योजना अन्तर्गत उनले अफ्नो श्रीमती आयुषी मित्तललाई कम्पनीको सहनिर्देशक बनाएका थिए ।

मित्तल अहिले प्रहरीको नियन्त्रणमा छन् । उनलाई कर छलिको आरोप पनि लगाइएको छ । यी सबै विषयमा उनी र उनको कम्पनीमाथि अनुसन्धान भइरहेको छ । मित्तले आफ्नो ब्यवसायमा बलिउडका स्थापित कलाकार प्रयोग गर्ने गरेको पनि पाइएको छ । आफूमाथिका आरोप बारेमा अदालतमा जवाफ दिने मित्तले बताएका छन् । उनी अहिले २६ बर्षका भएका प्रहरीले जानकारी दिएको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु