सुन तस्करीमा संलग्नताकाे आरोपमा एसएसपी खत्री पक्राउ



काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएकाे सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई आइतबार दिउँसो कार्यालयमा कार्यरत रहेकै बेलामा पक्राउ गरेको हो।

गत पुस २१ गते दुबइहुँदैँ काठमाडौंमा तस्करी गरेर भित्र्याइएकाे साढे ३३ किलो सुनसहित यसअघि ३ जनालाई सिआइबीले पक्राउ गरेको थियो।

एसएसपी खत्री सुन तस्करीकाे समयमा विमानस्थलमै कार्यरत थिए। सुनकाण्डपछि उनलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाइएको थियो। सुन काण्डमा सिआइबीले विमानस्थल भन्सारका ३ जना अधिकृतलाई पनि पक्राउ गरिसकेको छ।


क्लिकमान्डु