भारतको राष्ट्रपति कार्यालयमा हिजो आगलागी



 


नयाँदिल्ली । भारतीय राष्ट्रपति कार्यलयमा आगलागी भएको छ । राजधानी दिल्ली स्थित राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको हो ।
भारतिय मिडियाले आग्लागीबाट मानबिय क्षती नभएको जनाएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको राष्ट्रपति कायालयले जनाउको छ ।

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।

बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् ।


क्लिकमान्डु