तातोपानी नाका खोल्न आवश्यक पहल गर्छुः चीनीया राजदूत होङ




काठमाडौं । नेपालका लागि चीनका राजदूत यू होङले तातोपानी नाका खोल्न पहल गर्ने बताएका छन् ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भएको शिष्टाचार भेटमा होङले सो कुरा बताएका हुन् ।

थकालीले गतवर्षको भुकम्प र वाढी पहिरोका कारण अवरुद्ध भएको तातोपानी नाका यथाशिघ्र पुनसंचालनमा ल्याउनका लागि आवश्यक पहल गर्न चीनीया पक्षसँग आग्रह गरेपछि राजदुतको यस्तो भनाइ आएको हो ।

थकालीसँगको भेटमा होङले तातोपानी नाका खोल्नका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गरेको मन्त्रालयका प्रवक्त रवि शंकर सैंजुले जानकारी दिए ।


क्लिकमान्डु