भारतले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान दिने



काठमाडौं । भारत सरकारले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मंगलवार भारत सरकारले ल्याएको बजेटमा नेपाललाई ३ अर्ब ७५ करोड रुपैयाँ भारतीय रुपैयाँ अनुदान दिने बताइएको छ ।

यस बाहेक ११ करोड भारतीय रुपैयाँ गृह मन्त्रालय मार्फत सहयोग दिने छ । नेपालललाई दिने सहयोग रकम विदेश मन्त्रालय मार्फत खर्च हुने छ ।

दक्षिण एशियामा भुटानपछि भारतको बढी सहयोग पाउनेमा नेपाल पर्छ । भारतले पाकिस्तान बाहेक सबै दक्षिण एशियाली देशलाई आर्थिक सहयोग गर्दै आएको छ । यो वर्ष भारत सरकारले भुटानलाई सबैभन्दा बढी ३७ अर्ब रुपैयाँ सहयोग गर्ने छ ।

नेपालमा भारतले भारतीय दुतावास मार्फत सहयोग दिने गर्छ । नेपालको बजेटरी सिस्टममा भने भारतले दिने सहयोग देखिने गरेको छैन ।


क्लिकमान्डु