ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डर २५ ले बढ्यो



काठमाडौं। खाना पकाउने एलपी ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डिर २५ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले हिजो बसेको संचालक समितिले आजदेखि लागु हुनेगरी ग्यासको मुल्य बढाएको हो । नयाँ मुल्य अनुसार उपभोक्ताले एक सिलिन्डिर ग्यासको लागि १ हजार ३ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

निगमले भारतीय आयल निगम(आईओसी)ले पठाएको नयाँ मुल्य अनुसार ग्यासको मुल्य बढाएको हो । निगमलाई ग्यासको कारण घाटा लागेपछि मुल्य बढाएको हो । ग्यासमा अझैपनि प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ घाटा रहेको छ ।


क्लिकमान्डु