उद्योगी र नियामकसँगको छलफलपछि बैकर्स संघको निष्कर्ष ब्याजदर अब बढ्दैन



काठमाडौं। नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंक तथा उद्योगी तथा व्यापारीसँग गरेको छलफलपछि निक्षेपको ब्याजदर माथी नबढ्ने निष्कर्ष निकालेको छ ।

आज तरलताको बारेमा छलफलपछि संघ अध्यक्ष अनिल शाहले ब्याजदर नबढाउने निष्कर्ष निस्केको बताए ।

गत साता बैकर्स संघको कार्यसमिति बैठकले व्यक्तिगत निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने भद्र सहमती गरेको थियो । यद्यपी शाहले सरोकारवालासँग छलफल गरेपछि मात्र नयाँ निर्णयमा पुग्ने बताएका थिए ।

संघका अध्यक्ष शाहले नयाँ कर्जा प्रवाह नगर्ने तथा छलफलले केही साताभित्रमा तरलता समस्या समाधान हुने बताए ।


क्लिकमान्डु