कार्यालय समयमा डिलेभरी गाडी र स्कुल बस चलाउन प्रतिबन्ध



काठमाडौं । काठमाडौंका सडकहरुमा अफिस समय हुने चाप न्युनिकारण गर्न यातायात विभागले अल्पकालीन सूधार योजना ल्याएको छ ।

विभागले पुस १ गतेबाट लागु हुने गरी चाप न्युनिकरणका लागि अल्पकालिन सूधार योजना ल्याएको हो । विभागकोे योजना अनुसार अफिस समयमा पानी र पेट्रोल बाहेकका डिलेभरी गाडी र स्कुल बस गुड प्रतिबन्ध लगाएको हो ।विभागले गत पुस १ देखि यस्तो प्रतिबन्ध लगाइसकेको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डले काठमाडौंका सडकमा हाल अफिस समयमा धेरै चाप हुने भएकाले चाप न्युनिकरणका लागि यस खालको अल्पकालिन योजना ल्याएको बताए ।

‘अफिस समयमा हुन जाने अधिक चाप न्युनिकरण गर्नका लागि विहान ९ बजे देखि ११ बजे र साँझ ४ बजे देखि ६ बजेसम्म डिलेभरी भ्यान र स्कुल बस चलाउन नपाउने नियम लागु गरिएको हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

यातायात विभागको नयाँ नियम अनुसार स्कुल बसले बिहान ९.३० बजेसम्म विद्यार्थीलाई स्कुल पु¥याई सक्नु पर्छ र ४.३० बजेसम्ममा विद्यार्थीलाई घर पु¥याएर स्कुल फर्किसक्नु पर्ने हुन्छ ।

अफिस समयमा चल्ने अत्यावश्यक गाडीहरु बाहेक अरु गाडीहरुलाई ट्राफिक प्रहरीको सहयोगमा कारवाही दायरा भित्र ल्याउने काम पनि भइरहेको पाण्डेले बताए ।

यो नियमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनका लागि स्कुल संचालकहरुसँग सहर्काय भइरहेको उनल जानकारी दिए ।


क्लिकमान्डु