बजाजको शोरुम महेन्द्रनगरमा, ३ एस सेवा पाइने



महेन्द्रनगर । एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी–२ मा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । शोरुमको सहयोगले एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ अपेक्षा गरेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो ।’ भन्ने कुरा आस्वस्थ पारेका थिए ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।


क्लिकमान्डु