फक्सवागन एक्स्चेन्ज कार्निभल सुरु, ७ दिनसम्म चल्ने




काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल ‘फक्सवागन–एक्स्चेन्ज–कार्निभल’ सुरु गरेको छ ।

फक्सवागनले माघ १५ गतेदेखि २१ गतेसम्मका लागि एक्स्चेन्ज–कार्निभल सुरु गर्न भएको हो ।

कम्पनीको आधिकारिक बिक्री केन्द्र थापाथली र पानीपोखरीमा ७ दिनसम्म चल्ने कार्निभलमा ग्राहकहरुले नेपालमा उपलब्ध फक्सवागनका पोलो, भेन्टो, बीटल र टिगुुअन सहित सबै मोडलहरुमा एक्स्चेन्जअफर पाउने छन् ।

अफरको समयमा फक्सवेगनका गाडी बुकिङ्ग गर्ने हरेक दम्पत्तिलाई थाइल्याण्ड भ्रमण गराउने तथा एक जना भाग्यशाली ग्राहकलाई चिट्ठाबाट युरोप भ्रमणको अवसर प्रधान गर्ने कम्पनीले जनाएको छ ।
कार्निभल अवलोकन गर्ने आउने ग्राहकहरुको कार निशुल्क वास गरिने पनि बताएको छ ।

कार्निभलमा ग्राहकहरुका सुबिधा र मनोरञ्जनका लागि फुड–स्टल, जादू कार्यक्रम, एक्स्चेन्ज बोनस र टेस्ट ड्राइभ गर्नेहरुलाई उपहारको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु