पत्रकार दुलाललाई पितृशोक



काठमाडौं । हाम्रो यस चाणक्य मिडिया प्रालिका कार्यकारी सम्पादक पुष्प दुलाललाई पितृशोक परेको छ ।

उनका पिता तेह्रथुम ओयाङजुङ–३ निवासी ६५ वर्षीय लिलानाथ दुलालको आज उपचारका क्रममा वीरअस्पतालमा बिहान १० बजे निधन भएको हो । दुलाल केही समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित थिए ।

कार्यकारी सम्पादक दुलालका पिताको निधनप्रति सेजनका अध्यक्ष, महासचिब, प्रेस युनियनका महासचिब, सिजेएनका अध्यक्ष लगायतले गहिरो समवेदना व्यक्त गरेका छन् ।


क्लिकमान्डु