फियात पुन्टो प्युअरमा नयाँ अफर, मुल्य २२ लाख ८९ हजार




काठमाडौं । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार आफ्नो नयाँ स्किम –‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ ।

युरोपियन ह्याचब्याक पुन्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको वीमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।

पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ । फियाट् इटालियन ब्रान्डको गाडी हो ।


क्लिकमान्डु