एप्रिलिया एस आर १५० स्कुटर नेपाली बजारमा, मुल्य २ लाख ३९ हजार




एप्रिलिया एस आर १५० अब नेपाली बजारमा आएको छ । पियाग्गो गु्रपका लागि आधिकारिक विक्रेता, डि लाइफ स्टाइल्सले यसलाइ नेपाली बजारमा ल्याएको हो ।

फरक किसिमको डिजाइन भएको उक्त स्कुटर विशेषतःयुवाचालकलाई लक्षित गरिएको कम्नीले जनाएको छ । स्पोर्टी बाइकको अनुभूति लिन चाहनेहरुको लागि यो उपयुक्त छनोट हुन सक्छ ।

१५४ सिसि को यो स्कुटर १ सय किमी प्रति घण्टाको रफ्तारमा कुदाउन सकिने कम्नीको दाबी छ । आफ्ना सबै शोरुमबाट एप्रिलिया एस आर १५० स्कुटर बिक्री हुने कम्पनीले जनाएको छ । जसको सुरुवाती मूल्य रु. २ लाख ३९ हजार रहेको छ ।


क्लिकमान्डु