नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय: मरिससका पूर्वराष्ट्रपति



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति आभार व्यक्त गरेका छन् । मरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच आज प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उनले अहिले आफूहरु प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताए ।

त्यस अवसरमा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकामा सराहना गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले त्यो अनुभव अन्तर्राष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको पनि बताए । रासस


क्लिकमान्डु