यसरी धेरै देशमा फैलिएको छ, अमेरिकीकाे राष्ट्रपति लगानी




अमेरिकी राष्ट्रपतिमा निर्वाचित र हिजो सपथ ग्रहण गरेका डोनाल्ड ट्रम्प घरजग्गा ब्यवसायका समेत ठूला कारोबारी हुन् । उनले यसै कारोबार बाट करीब ४ अर्ब डलर बराबर सम्पत्ति कमाएको अनुमान छ । ट्रम्प अर्गनाइजेसन नामक उनको कम्पनी मातहत रहेका अरु कैयौं कम्पनी नै उनको आम्दानीको मुख्य स्रोत हुन् ।

स्कटल्याण्डमा भएको ट्रम्प ट्रन्बेरी नाम गरेको गल्फ कोर्स सबैभन्दा एतिहासिक र प्रतिष्ठित गल्फ कोर्स हो ।

डोनाल्ड ट्रम्प बिलासी एवं उच्च बर्गले उपभोग गर्ने सेवा तथा बस्तु उत्पादनमा रुचि राख्छन् । उदारबादी लोकतान्त्रीक ब्यवस्थाले आफ्नो जिवनमा खासै परिवर्तन ल्याउन नसकेको भन्दै संकुचित राष्ट्रबादी बिचारका डोनाल्ड ट्रम्पलाई जिताएका अमेरिकी मध्यम बर्गको आवश्यकतालाई उच्च बर्ग सँग मात्र उठबस गर्ने ट्रम्पले कसरी संबोधन गर्लान भन्ने त अब भबिष्यले नै बताउला । तर, यहाँ भने उनले लगानी गरेका बिबिध क्षेत्रका बारे केहि संक्षिप्त चर्चा गरिएको छ ।

ट्रम्पले सन् २०१७ जनवरी ११ का दिन गरेको पत्रकार सम्मेलनमा आफु ट्रम्प अर्गनाइनेसनको अध्यक्षबाट राजीनामा दिने बताएका छन् । उनका छोराहरुले कम्पनीको बागडोर सम्हाल्ने बताइएको छ । ट्रम्पको कुन कुन क्षेत्रमा कति लगानी भन्ने कुराको यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

कहाँ कहाँ लगानी छ
ट्रम्प घरजग्गा कारोबारका लागि संसारभर चिनिएका ब्यक्ति हुन् । उनका बिलासी अर्पाटमेन्ट र सम्पत्तिहरु र्भजिनिया, फ्लोरिडा, न्यूयोर्क, क्यालिर्फोनिया लगायत सहरहरुमा फैलिएका छन् । न्यूर्योकमा उनको सबैभन्दा अग्ला र महङ्गा मध्येका घरहरु छन् । क्यानडा, टर्की, पानामा, दक्षिण कोरिया, फिलीपिन्स, भारत, उरुग्वे लगाएत देशहरुमा समेत उनको सम्पत्ती फैलिएको छ ।

भावी दिनमा ट्रम्प अर्गनाइजेसनको बृद्धिको बागडोर होटल क्षेत्रले नेतृत्व गर्ने देखिएको छ ।

घरजग्गा पछि होटल उनको प्रमुख लगानीको क्षेत्र हो । नाभाडा, फ्लोरिडा, न्यूयोर्क, हवाई ईत्यादि सहरमा उनको होटलहरु फैलिएका छन् । बिदेशमा भने उनका होटलहरु आइरल्याण्ड, पानामा र क्यानडामा रहेका छन भने कैयौं क्षेत्रमा निमार्ण हुँदै छन् ।

अमेरिकाको सिकागोमा रहेको ट्रम्प ईन्टरनेशनल होटल एण्ड टावर उनको प्रमुख होटल हो । भावी दिनमा ट्रम्प अर्गनाइजेसनको बृद्धिको बागडोर होटल क्षेत्रले नेतृत्व गर्ने देखिएको छ ।

होटल पछि गल्फ कोर्स उनको प्रमुख लगानी क्षेत्र हो । हाल उनको कम्पनीको संसारभर १७ वटा गल्फ कोर्स रहेको छ । स्कटल्याण्डमा भएको ट्रम्प ट्रन्बेरी नाम गरेको गल्फ कोर्स सबैभन्दा एतिहासिक र प्रतिष्ठित गल्फ कोर्स हो । ट्रम्प अर्गनाइजेसनले अहिले दुबाईमा पनि दुइवटा नयाँ गल्फ कोर्स निर्माण गरिरहेको छ ।

गल्फ कोर्स पछि क्यासिनो ट्रम्पको सबैभन्दा महत्वपूर्ण लगानीको क्षेत्र हो । ट्रम्प प्लाजा, ट्रम्प क्यासल र ट्रम्प ताज महल उनका प्रमुख क्यासिनो हुन् ।

तिन पटक बिहे गरेका ट्रम्प महिलाका मामिलामा कमजोर छन् भनिन्छ । महिलाका सम्बन्धमा बिबादास्पद टिप्पणी समेत गरेर उनी चर्चामा आउने गरेका छन् । तर, उनले सुन्दरी प्रतियोगिताहरु गर्ने ट्रम्प मोडल म्यानेजमेन्ट नामक कम्पनीबाट आफ्नो हात भने झिकेका छैनन् । मिस युएसए जस्ता प्रतियोगिता गर्ने यो कम्पनीमा उनको ठूलो लगानी छ ।

पुरुषले प्रयोग गर्ने अत्तर पनि उनको कम्पनीको प्रमुख उत्पादन हो । उनले यसको उत्पादन सन् २०१२ मा शुरु गरेका थिए । उनले यसका लागि फाइभ स्टार फ्रेग्रेन्स कम्पनी सँग सहकार्य गरेका छन् ।

गल्फ कोर्स पछि क्यासिनो ट्रम्पको सबैभन्दा महत्वपूर्ण लगानीको क्षेत्र हो । ट्रम्प प्लाजा, ट्रम्प क्यासल र ट्रम्प ताज महल उनका प्रमुख क्यासिनो हुन् ।

बिलासी ब्यवसाय गर्न रुचाउने ट्रम्पको ट्रम्प जेट्स नामक कम्पनी पनि जसले ग्रहकलाई प्राइभेट फ्लाइटको ब्यवस्था गर्छ । कम्पनीले बिश्वका धनाड्य ब्यक्तिलाई आफ्नै जेट प्लेन किन्न नपर्ने सुबिधा दिएको छ ।

ट्रम्पले कुनै बेला ट्रम्प युनिर्भसिटि पनि खोलेका थिए जुन अहिले बन्द भैसकेको छ । सो युनिर्भसिटिले घर जग्गा कारोबार, उद्यमशीलता र सम्पत्ति ब्यवस्थापन जस्ता र्कोषहरु पढाउने ग¥र्थो । तर, यस शैक्षिक संस्थाले स्कूल वा कलेजको जस्तो औपचारिक शिक्षा र डिग्री नदिने हुनाले असफल भयो । गैरकानुनी रुपमा काम गरेको भन्दै यस कम्पनीका बिरुद्ध मुद्धा समेत लागेको थियो ।

ट्रम्प आइस नामक पानीको ब्राण्ड पनि उनको असफल ब्यापार हो । अहिले यो पानी बजारमा पाईंदैन ।


क्लिकमान्डु