नेपालका लागि हुन्डाइ गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिले तिन दिने एक्स्चेन्ज कार्यक्रम ल्याएको छ ।
यहि माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म चल्लने मेलामा हुन्डाइका सबै मोडलहरुमा लागुहुने गरि देशभरी रहेका आफ्ना शोरुममा यो मेला संचालन हुने छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिका सेल्स् एण्ड मार्केटिङ डिजिएम रुपेश शर्मा भट्ट भन्छन् ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न उद्देश्य अन्तर्गत हामीले यो अफर ल्याएका हौं, यो अबसर देशैभर रहेका हाम्रा शोरुमबाट ग्राहकले पाउने छन् ।’
एक्स्चेन्ज सँगै कम्पनीले आफ्ना ग्राहकलाई नगद छुट, एक वर्षे गाडी बीमा, सडक कर, उचित व्याजदरमा ऋण, एक्स्चेन्ज बोनस लगायतका अफर दिएको छ ।
ग्राहकले आफुले चाहेको मोडल टेस्ट ड्राइभमा उपहार जुत्नुको साथै नोरञ्जनका कार्यक्रमहरु सम्मेलित हुन पाउने छन् । यस अवधिमा टेष्ट ड्राइभ गरेका मध्येबाट हरेक दिन लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी जे ७ स्मार्टफोन जितन सक्ने छन् ।
प्रतिक्रिया