सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्स एक्वायर गर्ने




नेपाल राष्ट्र बैंकले सिभिल बैंक लिमिटेडलाई हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्तीका लागि सैद्धान्तीक स्वीकृति दिएको छ ।

२ वित्तीय संस्थाहरुको प्राप्ती गरे पश्चात बैंकको चुक्ता पूँजी रु.५ अर्व १० करोड पुग्ने छ तथा निक्षेप रु. ३३ अर्व ७७ करोड र कुल कर्जा रु ३१ अर्व ५७ करोड पुग्ने छ ।

मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । साथै यो प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए।

सिभिल बैंककले यी २ वित्तीय संस्थाहरुको प्राप्ती गरे पश्चात शाखा संख्या ५३ पुग्ने छ ।


क्लिकमान्डु