ओस्लोमा वायु प्रदुषण कम गर्न डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध



नर्वे । केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

आइतबार साँझ गरेको निर्णय अनुसार यही मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । सो निर्णय राष्ट्रिय राजमार्ग तथा नर्वेली राजधानी पास भएर बाहिर जाने सडकमा भने लागू हुने छैन ।

नर्वेले यससँगै बिहीबारसम्ममा वातावरणीय अवस्थामा सुरधार पाउने अपेक्षा गरेको बताइएको छ ।

सरकारले लगाएको प्रतिबन्धको बर्खिलाप गरी गाडी लगाएको पाइएमा प्रतिव्यक्ति १७६ अमेरिकी डलर आर्थात् एक हजार ५०० क्रोनर जरिवाना हुने जनाएको छ । रासस/एएफपी


क्लिकमान्डु