ग्रान्डको ऋण उठेपछि ६ महिनामा प्रभुले १ अर्बभन्दा बढी कमायो



काठमाडौं। ग्रान्ड बैंकको ऋण उठेपछि प्रभु बैंकले ६ महिनामा १ अर्ब ११ करोड खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको भन्दा दोब्बर नाफा कमाएको हो ।

अघिल्लो वर्षको पुस मसान्तसम्ममा बैंकले ४० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले एक अर्ब १३ करोड रुपैयाँ अघिल्लो वर्ष उठाउन नसकेको ऋण उठाएको छ यस्तै ब्याज आम्दानी १ अर्ब ४४ करोड रहेको छ ।

चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको बैंकले पुस मसान्तसम्ममा ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ५६ अर्ब रुपैयाँ गरेको छ ।

अरु बैंक तथा वित्तीय संस्थालाई कर्जा दिनको लागि अत्याधिक समस्या भएपनि प्रभुलाई भने अहिले त्यो समस्या नभएको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७५.१० प्रतिशत छ ।


क्लिकमान्डु