गण्डकी विकास बैंकको बिशेष साधारण सभा, फेवा विकास बैंकसँग मर्जर हुने



काठमाडौं । गण्डकी विकास बैंकको हालै सम्पन्न विशेष साधारण सभाले यस बैंक र फेवा विकास बैंकसँग एक आपसमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ  । साथै सोही दिन फेवा विकास बैंकको नबौ बार्षिक साधारण सभावाट समेत मर्जर प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो सभाले फेवा विकास बैंकसँग मर्ज प्रायोजनको लागी शेयर स्वाप अनुपात एक वराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको बैंकले जानकारी दिएको छ ।

सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव पनि पारीत गरेको छ । सो बैंकसँग मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ भने बैंकको संचालक समिति अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहने छन् । हाल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका छविन्द्रनाथ शर्मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा रहने छन् ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी रु १ अर्व ८४ करोड ३९ लाख २६ हजार २ सय मात्र पुग्नेछ भने कुल शाखा संख्या ५० र ए.टि.एम संख्या २० पुग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु