देबः विकास बैंककाे १४ प्रतिशत बोनस सेयर, चुक्ता पुँजी डेढ अर्ब पुग्दै



काठमाडौं । देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न बैंकको दशौं बार्षिक साधारणसभाले सो प्रस्ताब पारित गरेको हो ।

बैंकले चालु आर्थिक बर्षको पुस २७ गतेसम्ममा ८ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ अर्ब ९७ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो समयसम्ममा बैंकले करिब १९ करोड रुपैयाँ संचालन नाफा गरेको बैंकका अध्यक्ष प्राडा सुबर्णलाल बज्राचार्यले जानकारी दिए ।

बैंकले चुक्ता पूँजीको ५० प्रतिशतका दरले अगामी माघ ९ गतेदेखि बिक्री गर्ने निर्णय गरिसकेको छ । हकप्रद विक्री र बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी १ अर्ब ४४ करोड ५० लाख रुपैयाँ हुने छ ।


क्लिकमान्डु