नेप्सेमा सामान्य वृद्धी, बीमा र बैंकिङ सुचक बढे



काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धी भएको छ । आज नेप्से ३.३५ विन्दुले बढेर १४७९ दशमलव ८६ विन्दुमा पुगेको छ । कारोवार रकम भने घटेको छ ।

बिहीबार कुल एक सय २० कम्पनीको २६ लाख ७७ हजार १३ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३२ करोड २७ लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

होटेल र अन्यबाहेक बाँकी सबै समूहका सूचक सकारात्मक रहेका छन् । बीमा क्षेत्रको सुचक ९ दशमलव २३ विन्दु र बैकिङ सूचक ५ दशमलव ९३ अंकले बढेको छ ।


क्लिकमान्डु