एनसीसी बैंकको एकीकृत कारोबार उदघाटन गर्दै गभर्नरले भने- मर्ज भयो भन्दैमा राष्ट्र बैंकले छाड्दैन




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदै विगतमा गरेका गल्तीलाई राष्ट्र बैंकले पूर्णरुपमा माफी नदिने बताएका छन् ।

एनसीसी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकको मर्जपछिको एकीकृत कारोबारको उदघाटन गर्दै आइतबार गभर्नर डा. नेपालले विगतमा प्रबाह भएका कर्जाहरुलाई राष्ट्र बैंकले ‘माइन्यूटली’ हेर्ने बताए ।

‘तपाईँहरुले यो बुझ्नुहोस् कि मिर्ज भयो भन्दैमा राष्ट्र बैंकले छाड्दैन, हिँजो प्रभाव भएका कर्जाका फाइलहरु पनि राष्ट्र बैंकले माइन्यूटली हेर्छ र त्यस्तो कर्जा उठाउन दबाब दिइरहन्छ’ गभर्नरले भने, ‘गल्ती गर्नेलाई कारवाही पनि गर्छ ।’
संस्थागन सुशनसनको अभाव भएपछि एनसीसी बैंकलाई राष्ट्र बैंकले २०७० माघमा नियन्त्रणमा लिएको थियो । यो बैंकलाई राष्ट्र बैंकको व्यवस्थापनले नै ‘फोर्सफुल्ली’ मर्जरमा लगेको हो ।

तर, नियामक निकायले दिएका निर्देशकहरु पालना गर्नुको साटो एनसीसी बैंकका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ पटक अदालत गएका थिए ।

त्यसरी अदालत जाने प्रविृत्तिप्रति लक्षित गर्दैै गभर्नर नेपालले भने- ‘हिँजोका दिनमा बैंक तथा वित्तीय संस्थालाई सीधै खारेजीमा पठाउने अधिकार राष्ट्र बैंकलाई थिएन । त्यसैले राष्ट्र बैंकले कारवाही गर्दा अदालत जाने प्रवृत्ति मौलाउँदो थियो । नयाँ ऐनमा राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाहरु सीधै खारेजीमा पठाउने अधिकार छ । कसैलाई राष्ट्र बैंकको निर्णयविरुद्ध अदालत जान्छु भन्ने लागेको छ भने त्यो नसोचे हुन्छ ।’

बैंक तथा वित्तीय संस्था भनेको कुनै व्यक्तिको नभई सार्वजानिक सम्पत्ति भएको उनको भनाई छ ।

‘तपाईहरु राष्ट्र बैंकले दिएका निर्देशनहरु अक्षरसा सालना गरेर अघि बढ्नुहोस्  केही वर्षभित्रै टप फाइभमा मात्रै होइन, टप वान वा टप टु मा आउन सक्नुहुन्छ,’ गभर्नर डा. नेपालले भने ।

‘बैंकहरु भनेको सञ्चालक वा लव्यवस्थापनको होइन, यो त जनताको हो,’ उनले भने, ‘जनताको निक्षेप सुरक्षा गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो । जनताको निक्षेप सुरक्षाका लागि राष्ट्र बैंकले कठोर निर्णयहरु लिन्छ नै ।’

राष्ट्र बैंकले दिएका नीति निर्देशनहरु अक्षरसा पालना गरे कुनैपनि संस्था समस्यामा नपर्ने गभर्नरले ठोकुवा गरे ।

‘तपाईहरु राष्ट्र बैंकले दिएका निर्देशनहरु अक्षरसा सालना गरेर अघि बढ्नुहोस्  केही वर्षभित्रै टप फाइभमा मात्रै होइन, टप वान वा टप टु मा आउन सक्नुहुन्छ,’ गभर्नर डा. नेपालले भने ।

यो बैंकमा अब समस्या आउँदै भनेर राष्ट्र बैंक विश्वस्त रहेको उनले बताए । आगामी दिनमा व्यवस्थापनमा हस्तक्षेप नगर्न सञ्चालकहरुलाई आग्रहसमेत गरे ।

‘मैले हिँजोका दिनमा जस्तो कमशल धितोको अधिक मूल्याङ्कन गरी कर्जा दिनु हुँदैन है भनेर बैंकका सीइओलाई पनि भनिसकेको छु,’ उनले भने ‘मलाई विश्वास छ यो बैंकले आगामी दिनमा जथाभावी कर्जा विस्तार गर्ने छैन ।’

बैंकहरुले प्रवाह गरेको कर्जाको फाइलको सुक्षम निगरानी हामीले गरिरहेको हुने र गल्ती गरेको थाहा पाए राष्ट्र बैंकले कारबाही गरिहाल्ने उनले बताए ।

विगतमा केही सञ्चालक र व्यवस्थापनका उच्च व्यक्तिहरुले जनताको पैसा आफ्नै हो भन्ने ठानेकाले र राष्ट्र बैंकको निर्देशन नमान्दा संस्थाहरु समस्याग्रस्त भएको गभर्नरले सुनाए ।

‘जनताबाट आएको पैसा मेरै हो भन्ने ठान्दा १६ वटा संस्थाहरु समस्याग्रस्त भए । अहिले राष्ट्र बैंकले लिएको नीतिले समस्याग्रस्त संस्थालाई नयाँ लगानीकर्ताको समूहले लगानी थप गरेर सञ्चालन गर्ने तयारी गरिरहेका छन् । एउटा सञ्चालन भइसक्यो । बाँकी ८/९ वटा संस्थामा नयाँ लगानीकर्ताको समूहसँग एमओयू भइसकेको छ ।’

पुँजीको आकार बलियो  भने संस्था डुब्दैनन् भन्ने मान्यतामा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउने नीति लिएको उनको भनाई थियो ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ र रिजर्भ ९९ करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश हर्यालले जानकारी दिए । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुयाउनुपर्ने हुन्छ ।

८ अर्ब रुपैयाँ पुयाउन बाँकी रहेको पुँजी बोनस सेयर र हकप्रद सेयर जारी गरेर पुयाउने सीइओ अर्यालले बताए ।
मर्जरपछि बैंकको निक्षेप ५४ अर्ब ३७ करोड रुपैयाँ र कर्जा ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । शाखा संख्या ९६ र एटीएमको संख्या ६१ रहेको छ ।

सीइओ अर्यालका अनुसार मर्जपछि बैंकका कुल ग्राहक ४ लाख पुगेका छन् भने साधारण र प्रवद्र्धक सेयर गरी ८७ हजार सेयरधनी पुगेका छन् । कर्मचारी संख्या १०२५ पुगेको छ । आगामी केही वर्षभित्रै  बैंकलाई टप फाइभ बैंक बनाउने सीइओ अर्यालले प्रतिवद्धता व्यक्ति गरे ।

 


पुष्प दुलाल