घर जग्गा व्यवसायी सुधिर बस्नेत आफ्नै घरबाट पक्राउ




काठमाडौं । अपार्टमेन्ट र हाउजिङ् व्यवसाय धरापमा परेपछि सार्वसाधारणको करोडौं रकम ठगेर फरार भएका सुधिर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पछिल्लो समयमा उनी भारतमा लुकेर बस्दै आएका थिए । नेपाल आएको सूचनाका आधारमा प्रहरीले उनलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ ।

यस अघि उनलाई अदालतले २ वर्ष कैद र ४५ लाख जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो र आजै जिल्ला अदालत काठमाडौंमा बुझाइने भएको जानकारी प्रहरीले दिएको छ ।


क्लिकमान्डु