तीन दिनमै सय करोड कमायो अमिर खानको ‘दंगल’ ले



काठमाडौं । अमिर खानको चलचित्र ‘दंगल’ले तीन दिनमा सय करोड भारतीय
रुपैयाँभन्दा धेरै आर्जन गरेको छ ।

प्रदर्शनीको तीन दिनमा सुपरस्टार अमिर खान खानको यस चलचित्रले १०६.९ भारु को
व्यापार गरेको हो ।
दंगलले पहिलो दिन २९.७८, दोस्रो दिन ३४.८२ र तेस्रो दिन ४२.३५ करोडको
कमाइ गरेको छ ।

सय करोड भन्दा बढिको व्यापार गर्ने दंगल अमिर खानको पाँचौ चलचित्र हो ।
यस अघि सन २००८ मा गजिनी, सन २००९ मा थ्री इडियट्स, सन २०१३ मा धुम–३, सन
२०१४ मा पिकेले सय करोड भन्दा बढी व्यापार गरेको थियो ।

चलचित्र कुश्ती खेलाडी महाबिर पुन सिंहको जीवनमा आधारित रहेको छ । महाबिर
पुन सिंह फोगटको भूमिकामा अमिर खान रहेका छन् । चलचित्रमा महाबिर पुन
सिंहले आफ्ना दुइ छोरी गीता र बबीतालाई कसरी कुश्ती च्याम्पियन बनाउँछन्
भन्ने देखाइएकोे छ ।

चलचित्रलमा अमिरको अभिनयको सबै तिरबाट प्रशंसा भएको छ । नेपाली बजारमा
दंगल भित्राउनका लागि गोपि कृष्ण मूभिजले नेपाली ४ करोड रुपैयाँ तिरेको
थियो । नेपाली बजारमा पनि दंगलले राम्रौ व्यापार गरिरहेको छ ।


क्लिकमान्डु