शाहरुखलाई पछि पार्दै, सलमान बने शक्तिशाली सेलिब्रेटी



काठमाडौं । हिन्दी फिल्मका सुपरस्टार सलमान खानले फोब्र्स इन्डिया सेलिब्रेटी १ सयको सूचीमा आफुलाई पहिलो स्थानमा ल्यएका छन् ।

२०१६ को सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको रुपमा शाहरुख खानलाई उनले पछाडी पारेका हुन् । सलमानको अनुमानित वार्षिक आय करीब २७०.३३ करोड भारु रहेको छ । यस सूचीमा चेस्रोबाट क्रमश विराट कोहली, अक्षय कुमार र एम एस धोनी रहेका छन् ।

प्रसिद्धीमा भने क्रिकेटर विराट कोहलीले पहिलो स्थानमा रहेका छन् । ५० वर्षीय खलमान खान दोश्रो स्थानमा पारेका छन् । फोर्सले कमाई र प्रसिद्धीको आधारमा टप १ सय सेलिबे्रटीको नाम निकाल्ने गरेको छ ।

पत्रिकाले सलमान खानलाई पहिलो नम्बरमा रहनका लागि २०१५ को ‘प्रेम रतन धन पायो’ र २०१६ ‘सुल्तान’ को सफलता बताएको छ । फोर्ब्स इन्डियाका अनुरार सलमानको अनुमानित आय शीर्ष १ सय सेलिब्रेटीहरुको सम्पतीको ९.८४ प्रतिशत रहेको छ ।

चर्चित व्यक्तित्वमा शाहरुख खान दोश्रो स्थानमा रहेका छन् । उनको वार्षीक कमाई २२१.७५ करोड भारु रहेको छ । प्रसिद्धीमा उनले तेश्रो स्थान हाँसिल गरेका छन् ।

कमाइमा चौथो स्थान भेटेका अक्षय कुमारको वार्षिक आम्दानी २०३.०३ करोड भारु रहेको छ । उनि प्रसिद्धिमा भने ११ स्थानमा रहेका छन् ।

भारतीय एक दिवसीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले फोब्र्सको पाँचौ स्थान ओगेटेका छन् । टेस्ट क्रिकेटबाट सन्यास लिई सकेका धोनीको जीवनमा आधारित फिल्मको सफलताले उनी धेरै चर्चित भए ।
क्रमश छौंटो देखि दशै स्थानमा रहेको सेलिब्रेटी दिपिका पादुकोण, सचिन तेन्दुल्कर, प्रियन्का चोपडा, अभिताभ बच्चन, रितिक रोशन रहेका छन् ।


क्लिकमान्डु