राज्यका सबै अंग अराजक भए



डा शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अहिले राज्यको तिनवटै अंग ( कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अराजक ढंगले अगाडी बढिरहेकोले मूलूक दूर्घट्नाको संघारमा पूगेको बताएका छन् ।

संसददेखी सर्वोच्च अदालत सम्मका निकायले आफ्नो दायरा मिच्दै गएको बताउदै डा कोईरालाले देश अहिले इतिहाँसकै सबैभन्दा जटिल मोडमा पूगेको बताए ।

अहिले सरकार नै कानूनी राज्यको उपहास गर्न लागी परेको बताउँँदै उनले देशको प्रधानमन्त्री र मन्त्रीहरूले नै दण्डहिनतालाई मलजल गरिरहेको आरोप लगाए ।

नेपाली काँग्रेस बागलूंग क्षेत्र नं १ ले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम लाई संबोधन गदै कोईरालाले केन्द्रमा बसेर गूटबन्दी गर्नेहरूका पछाडी नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

स्वार्थको झूण्डमा बसेर भागबण्डा र गूटबन्दीमा रमाउँने नेताहरूले नै केही पाई रहनूभएको छैन भने तपाईँहरूलाई के दिनूहून्छ ? उनको कार्यकर्तालाई प्रश्न थियो ।


क्लिकमान्डु