हस्तकला महासंघले मनायो आफ्नो ४४ औं स्थापना दिवस




नेपाल हस्तकला महासंघले आफ्नो चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मनाईएको छ । उक्त कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन चन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

सो अवसरमा महासंघका पदाधिकारीहरु तथा प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उपत्यका भित्रका सदस्य संघका अध्यक्षहरु एवं प्रतिनिधिहरु, कार्यसमिति तथा परिषद्द्वारा गठित विभिन्न समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय भनेको नेपालको पहिचान बोक्ने क्षेत्र भएकोले यस क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल सरकारले यथोचित सहयोग गर्नुपर्ने माग गरे ।

हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिण मुखि बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्नको लागि नेपाल हस्तकला महासंघलाई आग्रह गरे ।


क्लिकमान्डु