संजयलाई टीबीआइ ग्रुपको ३ लाखसहित सम्मान



काठमाडौं । अन्ट्रार्टिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारिमा रहेका पर्वतारोही संजय पण्डितलाई शनिवार टिबीआइ ग्रुपले नगद ३ लाख रुपैयाँसहित सम्मन गरेकोछ ।

नेपाललाई पर्वतारोहण को क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको भन्दै पण्डितलाई एन्ट्रार्टिका महादेशको आरोहणको लागि सहयोग गरिएको हो ।

कार्यक्रममा टीबीआई ग्रुपका कार्यकारी निर्देशक राजु नेपालले ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपी लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेक थिए । त्यसैगरी, युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए ।


क्लिकमान्डु