विकास तिवारीको अनसन तोडाउन स्वास्थ्य मन्त्री राजविराज जादै



काठमाडौं । सगरमाथा अञ्चल अस्पतालको बेथिति सुधारका लागि भन्दै आमरण अनशनरत विकास तिवारीलाई भेट्न स्वास्थ्य मन्त्री गगन थापा आज राजविराज जाने भएका छन् ।

नेपाल सद्भावना पार्टी ‘गजेन्द्रवादी’का अध्यक्ष समेत रहेका तिवारीले स्वास्थ्यमन्त्रीको स्थलगत निरीक्षण र सुधारका लागि पहल गर्नुपर्ने माग राखेकाले स्वास्थ्य मन्त्री थापा त्यहाँ जान लागेका हुन् ।

काठमाडौंमा डा गोविन्द केसीको अनसन अन्त्य गर्नका लागि केन्द्रीत हुनु परेकाले मन्त्री थापा आज मात्रै तिवारीसँग संवाद गर्न जान लागेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।

तिवारीले अस्पतालमा देखिएका बेथितीहरुलाई सुधार्नुपर्ने, चिकित्सकहरुको दरबन्दी कायम गर्नुपर्ने, देशभरका स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् । उनको मुख्य माग स्वास्थ्य मन्त्रीको निरीक्षण भएकाले मन्त्री थापाले तिवारीको अनशन तोडाउने सम्भावना रहेको उनका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।


क्लिकमान्डु