नेपालमा ‘अन्तर्राष्ट्रिय शाकाहारी महोत्सव’



काठमाडौँ। नेपालमा इस्वी संवत् २०१७ मा अन्तर्राष्ट्रियस्तरको शाकाहारी खाना महोत्सव गरिने भएको छ ।

‘एसिया प्रशान्त महासागरीय क्षेत्र’को शाकाहारी महोत्सव नेपालमा हुन लागेको नेपाल शाकाहारी सङ्घले जनाएको छ । शाकाहारी भोजनलाई अपनाएर विश्वको वातावरण, मानव स्वास्थ्य र प्राणी प्रेमलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको सो महोत्सव आयोजना गरिन लागेको हो ।

यस्तो महोत्सवाबट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने कृष्ण गुरुङले बताए । यो शाकाहारी जीवनशैलीबारेको अन्तर्राष्ट्रिय सम्मेलन पनि हुनेछ ।

महोत्सव सफल पार्ने उद्देश्यले आगामी पुस २ गते सङ्घले काठमाडौँको साँखुदेखि वज्रयोगिनी हुँदै मणिचूड पर्वतसम्म लामो पदयात्रा(हाइकिङ) कार्यक्रमसमेत गर्ने भएको छ । सो क्रममा पर्वतमा पुगेर योगसमेत गरिने छ ।

एकदिने हाइकिङ कार्यक्रममा खाना, पानी, व्यावसायिक फोटोग्राफी र सामान्य उपचारको व्यवस्था रहेको उनले बताए । रासस


पुष्प दुलाल