ओम डेभलपमेन्ट बैंकले ६ शाखा खोल्ने



om_development_bank

काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले नयाँ ६ शाखा खोल्ने निर्णय गरेको छ । काठमाण्डौंको कलंकी र बौद्ध, जोमसोम, गल्या∙, बुटवल र लेकसाईड गरि ६ वटा नयां शाखा खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

सीइओ अधिकारीका अनुसार जोमसोम शाखाको उद्घाटन यही मंसिर २४ गते शुक्रबार गरिनेछ । हाल बैंकले २५ शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । ६ शाखा थपिएपछि बैंकका कुल ३२ शाखा हुनेछन् ।

बैंक हाल मनास्लु विकास बैंकसँग मर्जरका मर्जर प्रक्रियामा छ । मर्जरपछि बन्ने बैंकका ४२ वटा शाखा पुग्ने डेपुटी सीइओ वुद्धि मल्लले जानकारी दिए ।

बैकले गत आर्थिक बर्षको मुनाफाबाट २९.२० प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिईसकेको छ । बैंकले घोषणा गरेको सो लाभांस आगामी पुस ८ गतेको साभाले पारित गरेपछि लागू हुनेछ ।


क्लिकमान्डु