कुलमानलाई असहयोग गर्ने प्राधिकरणका सञ्चालकलाई उर्जा मन्त्रालयको ७ दिने अल्टिमेटम



काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक पदमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्ने ३ सञ्चालकलाई ७ दिने अल्टिमेटम दिँदै स्पष्टिकरण सोधेको छ ।

पदीय दायित्व पुरा नगरेको भन्दै मन्त्रालयले सञ्चालकहरु मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद मण्डल र सुरज लामिछानेलाई प्रष्टिकरण सोधेको हो ।

spastikaran
विभिन्न आयोजना अघि बढाउनका लागि कम्पनी गठन गर्ने घिसिंगको प्रस्ताब जना सञ्चालकहरुले अस्वीकार गरेका थिए ।

प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जासचिव अनुपकुमार उपाध्यायले सञ्चालकहरुलाई प्रष्टिकरण सोधेका हुन । ७ दिनभित्र चित्तब’झ्दो स्पष्टिकरण पेश नगरे कारबाही प्रक्रिया अघि बढाउने स्पष्टिकरणपत्रमा उल्लेख छ ।

प्राधिकरण ऐनको दफा १९ बमोजिम काम कर्तव्य र अधिकारभित्र रही काम नगरेको, बोर्ड बैठकको माइन्य’टमा लामो समयदेखि हस्ताक्षर नगरी संस्थालाई आर्थिक रुपमा नोक्सान प’¥याएको र अनधिकृत रुपमा बोर्ड बैठकको निर्णय भनी सञ्चार माध्यमहरुमा झुट विवरण दिएर संस्थाको गरिमा र काम कारवाहीमा असर परेको आरोप लगाउँदै प्रष्टिकरण सोधेको हो ।


पुष्प दुलाल